नियम २४
फिर्ता पठाउनु पर्ने
(१) नियम २३ को उपनियम (१) बमोजिमका जीवनाशक विषादीमध्ये पैठारी गरिएका जीवनाशक विषादी भएमा त्यस्ता जीवनाशक विषादी नष्ट वा विसर्जन गर्न; सम्बन्धित पैठारीकर्ता मार्फत जीवनाशक विषादी उत्पादन गर्ने सम्बन्धित कम्पनी, उद्योग वा व्यक्तिलाई फिर्ता पठाउनु पर्नेछ।
तर त्यस्ता जीवनाशक विषादी नेपालमै उत्पादन भएकोमा; सम्बन्धित उत्पादकले फिर्ता लिई ऐनको दफा २९ बमोजिम नष्ट तथा विसर्जन गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम जीवनाशक विषादी फिर्ता पठाउने प्रयोजनको लागि केन्द्रको सिफारिस आवश्यक परेमा त्यस्तो जीवनाशक विषादीको नाम र परिमाण समेतको विवरण र फिर्ता लैजाने भन्सार नाका खुलाई सम्बन्धित जीवनाशक विषादी कम्पनी, उद्योग वा व्यक्तिले केन्द्रमा निवेदन दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम अनुरोध भई आएमा केन्द्रले फिर्ता पठाइने जीवनाशक विषादीको नाम र परिमाण खुलाई सम्बन्धित देशमा फिर्ता /लैजानको लागि पैठारीकर्तालाई सिफारिसपत्र दिनेछ। सोको जानकारी सम्बन्धित भन्सार कार्यालयलाई समेत दिनु पर्नेछ।

(४) उपनियम (१) बमोजिम फिर्ता पठाउनु पर्ने जीवनाशक विषादीको सम्बन्धित पैठारीकर्ताले सङ्कलन गरी एकीकृत रुपमा जीवनाशक विषादीको नाम तथा परिमाण सहितको विवरण र नष्ट गर्ने वा विसर्जन गर्ने प्रयोजनको लागि फिर्ता गर्न लागिएको व्यहोरा खुलाई त्यस्तो जीवनाशक विषादी पैठारी गरेको भन्सार कार्यालयको प्रमुख समक्ष निवेदन दिनु पर्नेछ। त्यस्तो निवेदनसाथ उपनियम

(३) बमोजिम केन्द्रबाट सिफारिस गरिएको भएमा सो सिफारिसपत्र संमेत संलग्न गर्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम प्राप्त निवेदन तथा सिफारिसपत्रका - सम्बन्धमा भन्सार कार्यालयको प्रमुखले जाँचबुझ गरी सो जीवनाशक विषादी त्यस्तो विषादीको उत्पादन भएको देशका सम्बन्धित जीवनाशक विषादी कम्पनी, उद्योग वा व्यक्तिलाई फिर्ता पठाउने स्वीकृति दिनेछ।

(६) उपनियम (५) बमोजिम स्वीकृति प्राप्त जीवनाशक विषादी त्यस्तो विषादीको उत्पादन भएको देशका सम्बन्धित विषादी कम्पनी, उद्योग वा व्यक्तिलाई फिर्ता पठाई सोको जानकारी पैठारीकर्ताले केन्द्रलाई दिनु पर्नेछ ।